काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा अर्जेन्टिनाले पाराग्वेसँग १–१ को बराबरी खेलेको छ। ला बाम्बोनेरामा सम्पन्न खेलमा पाराग्वेले २१औं मिनेटमा अग्रता लिएको थियो।
पाराग्वेले एन्जेल रोमेरोको पेनाल्टी गोलबाट अग्रता लिएको हो। मिुगएल एलमिरोनलाई अर्जेन्टिनाका रक्षक लुकास मार्टिनेजले फाउल गरेपछि पाराग्वेले पेनाल्टी अवसर पाएको थियो।
एक शून्यले पछि परे पनि बाँकी समयमा अर्जेन्टिना पाराग्वेमाथि हाबी भएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा निकोलस गोन्जालेजले बराबरी गोल फर्काए।
लियोनल मेसीले दोस्रो हाफमा गरेको गोलले मान्यता नपाएपछि अर्जेन्टिना बराबरीमा रोकिएको हो । अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। पाँच अंक जोडेको पाराग्वे भने चौथो स्थानमा छ।




