खेलकुद

बंगलादेश पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना, खेल गुमाउने

काठमाडौं । बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ढाकामा बुधबार गरिएको परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ(एन्फा) ले जनाएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको र उनको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।

नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएपछि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *