खेलकुद

फिफा विश्वकप एसिया छनोटको खेलतालिका सार्वजनिक, जुन १५ सम्म सक्नुपर्ने

काठमाडौं। फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतका बाँकी खेलहरु आगामी जुन महिनाभित्र सकिने भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।
एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो । छनोटअन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन घरेलु खेल खेल्न बाँकी छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बाँकी छ । नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *