खेलकुद

रियल मड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुँदै

स्पेनिस लिग ला लिगामा आज रियल मड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार १:४५ बजे मेस्टला मैदानमा हुँदैछ ।

भ्यालेन्सियाको घरेलु मैदानमा हुन लागेको खेलमा रियल जित निकाल्दै अंक तालिकाको शिर्षस्थानमा उक्लिने दाउमा रहेको छ । तर, भ्यालेन्सियालाई उसकै मैदानमा हराउन भने रियललाई सहज भने छैन ।

जारी सिजनमा रियल ७ खेलमा ५ जित, एक बराबरी र एकमा पराजित हुँदै १६ अंकको साथ तेस्रो स्थानमा रहेको छ । यता, भ्यालेन्सिया भने ८ अंकसहित तालिकाको १५ औं स्थानमा रहेको छ ।

आजै अन्यमा खेलमा गेटाफे र भिल्लारियल, ग्रेनाडा र रियल सोसाइडट, लेभान्टे र आल्भ्स, भाल्डोलिड र एट्लेटिको क्लबबीच खेल हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *