काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक–एक गोल गरे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक–एक गोल फर्काएका थिए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ ।




