काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड इडेन हजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार गरिएको परिक्षणमा हजार्ड र क्यासेमिरोलाई संक्रमण भएको पुष्टि भएको रियलले जनाएको छ । क्लबका अन्य खेलाडी र कर्मचारीको भने रिपोर्ट नेगेटिभ आएको छ । कोराना संक्रमण भएपछि हाजार्ड र क्यासेमिरो सेल्फ आईसोलेसनमा बसेका छन् ।




