खेलकुद

डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण शुरु

अमरगढी । डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण शुरु भएको छ ।

जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको शुरुवात गरिएको हो ।

राष्ट्रियस्तरको खेल मैदान निर्माणको शुरुवात भएसंगै स्थानीयवासीमा खुशियाली छाएको छ ।

करिब २० करोड रुपैयाँको लागतमा वहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो राष्ट्रिय स्तरको खेल मैदान एक सय ५० मिटर लम्वाइ र ८० मिटर चौडाइको हुनेछ ।

यो मैदान निर्माणका लागि गत दुई आर्थिक वर्षमा ४० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

गुरुयोजना अनुसार गाउँपालिकाले खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनमै मैदान निर्माणको काम शुरु हुने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

अहिले मैदान सम्याउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा नै पर्खाल लागउने काम पनि सम्पन्न हुने उनले बताए ।

गाउँपालिकाका अध्यक्षको अनुसार, खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, शौचालय, कर्भड हलसहित विभिन्न भौतिक संरचना पनि निर्माण गरिने छ ।

‘एक वडा एक खेलमैदान’को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने काम शुरु भएको गाउँपालिकाले जनाएको छ ।

खेलकूद क्षेत्रको विकासका लागि भन्दै गाउँपालिकाले पाँच जनालाई खेल प्रशिक्षकको रुपमा चयन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *