खेलकुद

आईपीएल : इलिमिनेटरमा हैदरावाद र बेंग्लोर भिड्दै

युएईमा जारी १३ औं संस्करणको इण्डिन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदैछ । बैंगलोर र हैदराबादबीचको खेल शेख जियाज रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।

आजको खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । पराजित टोली लिगबाट बाहिरिने छ । गएराति भएको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरिसकेको छ ।

हैदरावादले पछिल्ला तीन खेलमा जित निकाल्दै प्ले अफमा स्थान बनाएको हो । त्यसक्रममा फाइनलमा पुगिसकेको मुम्बईलाई समेत पछिल्लो खेलमा १० विकेटले हराएको थियो । यता, बेंग्लोर भने पछिल्ला चार खेलमा पराजित रहेको छ ।

हैदरावाद पछिल्ला खेलमा आक्रामक रुपमा प्रस्तुत हुँदै आइरहेको छ । हैदरावाद अस्ट्रेलियन खेलाडी डेविड वार्नरको नेतृत्वमा रहेको छ भने बेंग्लोर भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको छ । समूह चरणमा यी दुई टोलीले एक आपसमा २ खेल खेल्दा १-१ खेल जिते ।

हेड टु हेडको आंकडा हेर्दा हैदरावाद बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका १७ खेलमा ९ मा हैदरावाद र ७ मा बेंग्लोर विजयी भएका छन् । एक खेल नतिजाविहिन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *