खेलकुद

कांग्रेस खेलकुद विभागले साताव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले साताव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अस्पतालमा रगतको अभावलाई न्यून गर्न मंसिर ६ देखि १२ गतेसम्म साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको विभाग प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

विरामीलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पु-याउने उद्देश्यले कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । स्वास्थ्य सावधान अपनाउँदै विभिन्न जिल्लामा साताभरि चल्ने रक्तदान कार्यक्रममा सहभागी भइ सहयोग गर्न विभागले सबैसँग अनुरोधसमेत गरेको छ ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले पार्टीको खेलकुद विभाग सम्हालेयता खेल र खेलक्षेत्रका विभिन्न कार्यक्रम सम्पन्न भइसकेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिसकेको छ भने अहिलेको विषम परिस्थितिमा रगत अभाव हुन नदिन र युवामाँझ ‘रक्तदान जीवन दान हो’ भन्ने सन्देश प्रवाह गर्न खेलकुद विभागले विभिन्न जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *