खेलकुद

फाइनलमा पुग्न दिल्ली र मुम्बई भिड्दै

युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ ।

साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

मुम्बईले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो ।

लिग चरणको दुई भेटमा मुम्बईले दिल्लीलाई दुबै खेलमा हराएको थियो । पहिलो खेल मुम्बईले ५ र दोस्रो खेल ९ विकेटले जितेको थियो ।

दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो । तर, पहिलो क्वालिफायरमा दिल्लीको टिम मुम्बईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छन् ।

हेड टु हेडको आंकडा हेर्दा मुम्बई बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २६ खेलमा १४ मा मुम्बई र १२ मा दिल्ली विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *