खेलकुद

प्ले अफमा पुग्न दिल्ली र बेंग्लोर भिड्दै

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । शेख जियाज रंगशालामा खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ ।

जारी सिजनको अंक तालिकाको दोस्रो स्थानमा रहेको बेंग्लोर र तेस्रो स्थानमा रहेको दिल्लीबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेल जित्ने टोलीले प्ले अफमा स्थान बनाउने छ ।

जारी सिजनको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलमा कमजोर बन्दै गइरहेको छ । आजको खेलमा बेंग्लोरलाई हराउँदै दिल्ली प्ले अफमा स्थान बनाउने दाउमा रहेको छ ।

यता, बेंग्लोर पनि जारी सिजनमा उत्कृष्ट फर्ममा रहेको छ । तर, पछिल्लो तीन खेलमा भने पराजय भोगेको थियो । आजको खेलमा दिल्लीसँग पछिल्लो हारको बदला लिदैँ प्ले अफमा स्थान बनाउने दाउमा बेंग्लोर रहेको छ । पछिल्लो खेलमा दिल्लीले बेंग्लोरलाई ५९ रनले हराएको थियो ।

हेड टु हेडको आंकडा हेर्दा बेंग्लोर दिल्लीमाथि हावी देखिन्छ । यी दुई टोलीबीच खेलिएका २४ खेलमा १४ मा बेंग्लोर र ९ मा दिल्ली विजयी भएका छन् । एक खेल नतिजाविहिन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *