केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।खेलमा एम्बाप्पेले एक गोल गर्नुका साथै थप एक गोलको अवसरसमेत सिर्जना गरे ।
खेलमा आन्द्रे हेरेराले ४७ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।
६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।जितसँगै शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक भएको छ ।




