खेलकुद

चेन्नईले कोलकातालाई हरायो

चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईका लागि तुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे ।

यस्तै, अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए ।कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।

यस अघि ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शुबमन गिलले २६ रन जोड्दा दिनेश कार्तिकले अविजित २१ रन बनाए ।चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।

जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । कोलकाता पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *