खेलकुद

कोलकत्ता र चेन्नई भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।

अंक तालिकाको पाँचौ स्थानमा रहेको कोलकत्तालाई पुछारमा रहेको चेन्नईले चुनौती दिन लागेको हो । आजको खेलमा जित निकाल्दै कोलकत्ता प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्नेतर्फ केन्द्रित छ भने चेन्नईको प्ले अफमा पुग्ने सम्भावना झण्डै सकिएको छ ।

चेन्नईमा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा फाप्प डु प्लेसिस, सेन वाटसन, साम कुरनलगायतको खेलाडी छन् ।

कोलकत्तामा पनि दिनेश कार्तिक, आन्द्रे रसेल, शुभमान गिल, प्याट क्युमिन्स, सुनिल नारिने लगायतका उत्कृष्ट खेलाडी छन् ।

हेड टु हेटको आंकडा हेर्दा चेन्नई बलियो देखिन्छ । यी दुई टोलीबीच खेलिएका २२ खेलमध्ये चेन्नई १३ मा र कोलकत्ता ८ खेलमा विजयी भएका छन् ।एक खेल नतिजाविहिन भएको थियो ।पछिल्लो खेलमा कोलकत्ताले चेन्नईलाई १० रनले हराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *