युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराईजर्स हैदराबादसामू दिल्ली क्यापिटल्स निरीह सावित भयो । हैदरावादले दिल्लीलाई ८८ रनले पराजित गर्यो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको दिल्लीले १९ ओभरमा अलआउट हुँदा १ सय ३१ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा सिम्रन हिटमायरले १६ रन बनाए ।
दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १र१ विकेट लिए ।
पराजित भएपछि दिल्ली लिग तालिकाको शीर्ष स्थानमा उक्लन सकेन । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ भने हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।




