खेलकुद

चेन्नाइ र राजस्थान विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा चेन्नाइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भयो । चेनाइले रोयल च्यालेन्जर बंगलोरलाई र राजस्थानले मुम्बइ इण्डियन्सलाई पराजित गरेको हो ।

बैंगलोर महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएसँगै शीर्ष स्थानमा पुग्न असफल भएको हो । खेलमा विजयका लागि पाएको १४६ रनको चुनौती चेन्नईले १८ ओभर ४ बलमै २ विकेट गुमाएर पूरा गर्यो । रितुराज गाइकवाडले अविजित ६५ तथा अम्बाटी रायुडुले ३९ रन बनाए ।

यसअघि, खेलमा टस जितेर बैंगलोरले पहिले ब्याटिङ गर्दै विराट कोहलीको ५० तथा एबीडे भिलियर्सको ३९ रनको मद्दतले ६ विकेटको क्षतिको १४५ रन बनाएको थियो । साम कुरानले ३ विकेट लिए । ११ खेलबाट १४ अंक जोडेको बैंगलोर यो खेल जितेर ‘प्लेअफ’मा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्न चाहन्थ्यो । प्लेअफ होडबाट बाहिरिएको चेन्नई भने यो सानदार जितले ८ अंकसहित सातौं स्थानमा पुग्न सफल भएको छ ।

दोस्रो खेलमा मुम्बइले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले २ विकेटको क्षतिमा भेटायो । मुम्बइका लागि इसान किसनले ३७, सूर्यकुमार यादवले ४०, सौरभ तिवारीले ३४ तथा हार्दिक पाण्डेले २१ बलमा ६० रनको योगदान दिएका थिए । राजस्थानका लागि जाफर आचर र श्रायस गोपालले २–२ विकेट लिएका थिए ।

ओपनर ब्याट्सम्यान बेन स्टोकलले ६० बलमा अविजित १ सय ७ रन बनाएपछि राजस्थानको जीत सम्भव भएको हो । उनलाई चौथो नम्बरमा आएका ब्याट्सम्यान सञ्जु सामसुंगले साथ दिएका थिए । उनले ३१ बलमा ५४ रनको योगदान दिएपछि शीर्षस्थानमा रहेको मुम्बइ पराजित भएको हो । मुम्बइका लागि जेम्स पिटरसनले २ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *