युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए । कोलाकताले दिल्ली क्यापिटल्सलाई र पञ्जावले हैदरावादलाई पराजित गरेका हुन् ।
कोलकाता नाइट राइडर्ससँग दिल्ली क्यापिटल्स ५९ रनले पराजित हुँदा पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जित निकालेको थियो । यो जितसँगै पञ्जावले प्लेअफको यात्रा कायमै राखेको छ भने हैदरावाद शीर्ष चारको यात्राबाट बाहिरएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनायो । जवाफमा हैदरावादले १९ ओभर ५ बलमा १ सय १४ रनमा अलआउट भयो । जितसँगै पञ्जावको ११ खेलमा १० अंक भएको छ ।
यस्तै अर्को खेलमा कोलकाताले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रनमात्र बनाउन सक्यो । जितसँगै कोलकाता १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।




