खेलकुद

लिभरपुलसँग घरेलु मैदानमा हार्‍यो अजाक्स

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्सलाई पराजित गरेको छ ।गएराति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप्त रह्यो ।

साडियो मानेको क्रसलाई विफल बनाउन खोज्दा ट्यागलियाफिकोले आत्मघाति गोल गर्न पुगे ।लिभरपुलले समूह चरणको खेलमा एटलान्टा र मिडजिलेन्डसंग प्रतिस्पर्धा गर्नेछ ।समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *