खेलकुद

बैंगलोरले कोलकत्तालाई ८ विकेट हरायो

रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ ।

गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।

कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए ।यस अघि ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादबले १२ रन बनाए । त्यस्तै, टम बानटनले १० रन बनाए ।

कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।कोलकत्ताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *