खेलकुद

आईपीएलमा सट्टेबाजी गर्ने ३ जना पक्राउ

इटहरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्दै आएका ३ जनालाई प्रहरीले विराटनगर महानगरपालिकाबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट प्रहरीले तीन जना पक्राउ गरेको हो ।

साहसहित प्रहरीले ३५ वर्षीय मञ्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद भएको छ । नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसअघि असोज १४ गते विराटनगर १५ र १७ बाट तीन जनालाई सट्टेवाजीका क्रममा पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *