खेलकुद

कोलकत्ता र हैदरावाद भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाईट राइडर्स र सनराइजर्स हैदारवादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको चौथो स्थानमा रहेको कोलकत्तालाई पाँचौँ स्थानमा रहेको हैदरावादले चुनौती दिन लागेको हो । पछिल्ला दुई खेलमा पराजित दुवै टोली आजको खेलमा जित निकाल्दै शिर्ष चार रहने तयारीमा छन् ।

यी दुई टोलीबीच खेलिएका १८ खेलमा कोलकत्ता ११ मा र हैदरावाद ७ मा विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *