खेलकुद

नेपालले बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडाैं । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अनुमति दिएको छ । मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो ।

एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टोलीको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बङ्गलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

आगामी नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग खेल्नेछ । राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायका अनुसार नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । बङ्गलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *