खेलकुद

एम्बाप्पे चम्किँदा पीएसजीको सहज जित

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ ।गएराति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।

सुरुवाती १२ औं मिनेटमा लोइक लान्ड्रे रातो कार्ड खादै मैदान बाहिरिएपछि निम्स १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।

३२ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीले पीएसजीको अग्रता दोब्बर बनाए ।

एम्बाप्पले ८३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अघि बढाए ।खेल सकिन दुई मिनेट अघि पाब्लो सरबियाले गोल गर्दै लिग वान च्याम्पियनलाई ४–० को शानदार जित दिलाए ।

पीएसजी ७ खेलबाट १५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निम्स ८ अंक सहित १३ औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *