खेलकुद

फ्रान्सले क्रोएसियालाई हरायो

यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराएको छ ।गएराति भएको खेलमा फ्रान्सले विश्व उप विजेता क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए ।एभर्टनका पूर्व खेलाडी निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

समूह ए थ्रीमा अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंक सहित तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *