पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । पोर्चुुगल फुटबल फेडेरेसनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रोनाल्डोको स्वास्थ अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ३५ वर्षीय रोनाल्डो अहिले आइसोलेसनमा छन् । उनी इटालियन क्लब युभेन्टसबाट व्यवसाहिक फुटबल खेल्छन् ।
अघिल्लो हप्ताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए ।




