यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।
गएराति भएको समुह चरणको खेलमा फ्रान्स र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
युवास्टार केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न सकेनन् । २१ वर्षिया एम्बाप्पेको केहि सुन्दर प्रहार उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले उत्कृष्ट बचाउ गरे ।
करिब एक हजार दर्शक सामु खेल खेलाइएको थियो ।यी दुई टोलीबीचको खेलले सन् २०१६ को युरो फाइनलको झल्को लिएको थियो । फ्रान्सेली मैदानमा पोर्चुगलले अप्रत्यासीत रुपमा फाइनल उपाधि जितेको थियो ।
त्यसपछि फ्रान्सले सन् २०१८ को विश्वकप र पोर्चुगलले सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो ।




