काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाल आबद्ध मोहमेडन स्पोर्टिङ क्लबले भारतको आइ-लिग दोस्रो डिभिजनको फाइनल चरणमा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार भएको खेलमा एआरए एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै मोहमेडनले लगातार दोस्रो जित निकालेको हो । मोहमेडनको जितमा अभिषेक नायक बने । उनले दुई गोल गरे । उनले खेलको २० औं र ४४ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै, मोहमेडनका लागि विलिस प्लाजा र एसके फयाजले एकएक गोल गरे । उनीहरुले खेलको १२ औं मिनेट र ८८ औं मिनेटमा गोल गरेका थिए । एआरएले भने एक गोल उपहारस्वरुप पाएको थियो ।
लगातार जित निकालेको मोहमेडन ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ । प्रतियोगिताको विजेता टिम आइ लिग २०२०-२१ का लागि छनोट हुनेछ।




