खेलकुद

कोलकत्ता २ रनले विजयी

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोमाञ्चक जित निकोलेको छ ।

गएराति भएको खेलमा कोलकत्ताले किङ्ग्स इलाभेन पञ्जाबलाई २ रनले हराएको हो ।

शेख जियाज रंगशालामा भएको खेलमा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि कप्तान केएल राहुल ७४ रनको अर्धशतकिय खेल पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । म्यानक अग्रवालले ५६ र निकोलस पुरनले १६ रन बनाए ।

कोलकत्ताका लागि प्रशिद्ध कृष्णाले ३ विकेटले लिए । सुनिल नारिनको नाम २ विकेट रह्यो ।

यसअघि ब्याटिङ गरेको कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ रन बनाए । सुविन गिलले ५७ र इयोन मोर्गनले २४ रन बनाए ।

पञ्जाब का लागि रवि विशोनी, अश्रदिप सिंह, मोहम्मद सामीले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ता ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा उक्लिएको छ । यता, पञ्जाब भने लगातार ५ खेलमा हार व्यहोर्दे अंक तालिकाको पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *