युएईमा जारी औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ ।
गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए ।
कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो ।
कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट भए ।
चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए ।
जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ ।
चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।




