अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । पोर्चुगलस्थित स्टाडियो जोसे अल्भालाडेमा गएराति भएको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
यूईएफए नेसन्स लिगसम्बन्धित रहेर पोर्चुगल र स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् ।
२०१८ को विश्वकपपछि पहिलो पटक आमनेसामने भएको यी दुई टोलीले खेलमा केही अवसर पाएपनि गोल भने हुन सकेन । पछिल्लो पटक यी दुबै टोलीले रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा ३–३ को बराबरी खेलेका थिए ।
अब नेसन्स लिगको समूह डीमा रहेको स्पेनले शनिबार राति घरेलु मैदानमा स्वीटजरल्यान्डसँग खेल्ने छ । सुरुवाती दुई खेलमा एक खेल जित्दा एक खेल बारबरी खेलेको स्पेनले ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।
यता, पोर्चुगलले अब नेसन्स लिगमा आइतबार राति विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ । त्यस्तै अर्को खेलमा स्वीडेनसँग बुधबार राति खेल्ने छ । नेसन्स लिगको समूह सिमा रहेको पोर्चुगलले सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।




