खेलकुद

 मैत्रीपुर्ण खेलमा आज पोर्चुगल र स्पेन भिड्दै

मैत्रीपुर्ण खेलमा आज बुधबार राति पोर्चुगल र स्पेनले आमने सामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति साढे १२ बजे स्टाडियो जोसे अल्भालाडेमा हुनेछ ।

दुवै टोली २०१८ को विश्वकपपछि पहिलो पटक आमने-सामने हुन लागेका हुन् । रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा-हुँदै टोली ३-३ को बराबारी खेलेका थिए ।

नेसन्स लिग जारी रहँदा युरोपका अरु देश मैत्रीपूर्ण खेल खेल्दैछन् । नेसनस लिगको समूह चरणमा पाेर्चुगलले गत महिना क्रोएसिया र स्विडेनलाई पराजित गरेको थियो भने यस साता पोर्चुगलले विश्व विजेता फ्रान्सको सामना गर्दै छ ।

स्पेन भने नेसन्स लिगमा एक खेलमा जित र एकमा बराबरीमा खेलेको थियो । स्पेनले नेसनस लिगमा अब स्विट्जरजरल्यान्डको सामना गर्दै छ ।

यी दुई टोलीबीचको खेल सधैँ निकै प्रतिस्पर्धात्मक हुने गरेको छ । दुवै तर्फ विश्वस्तरका खेलाडी रहेको टिममा दर्शकको चासो रहेको पाइन्छ ।

पछिल्ला सात खेलमा पोर्चुगलले तीन खेल जितेको छ भने दुई खेल गुमाएको छ । त्यस्तै दुई खेल बराबरीमा सकिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *