अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बुधबार विश्व विजेता फ्रान्सले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार फ्रान्सको स्टेडा डी फ्रान्समा राति १२:५५ बाट सुरु हुनेछ ।
दुवै टोलीले नेसन्स लिग मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । लिगको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले दुई खेलमा जित निकाल्दै समूहको दोस्रो स्थानमा छ । आउने सोमबार फ्रान्स चिरपरिचित प्रतिद्धन्द्धि पोर्चुगलसँग खेल्दैछ । सो खेलमा जित हात पार्नसके फ्रान्स समूहको शिर्षस्थानमा रही अन्तिम १६ मा सुखद यात्रा गर्नेछ ।
यता, युक्रेन भने एक खेलमा जित र एकमा हार व्यहोर्दै समूहको दोस्रो स्थानमा छ । आउने आइतबार युक्रेनले बलियो टिम जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।




