खेलकुद

क्रिकेट संघको अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई कोरोना संक्रमण भएको छ । उनीसँगै सचिव अशोकनाथ प्याकुरेलमा पनि कोरोना पुष्टि भएको क्यानले जनाएको छ ।

चितवनमा क्यानको केन्द्रीय समिति बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि उनीहरुमा कोरोना पुष्टि भएको छ । अन्य पदाधिकारी तथा सदस्यमा अहिलेसम्म संक्रमण नदेखिएको क्यानले जनाएको छ । क्यानले अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबैजनालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *