खेलकुद

राजस्थान रोयल्सको रोमाञ्चक जीत

एजेन्सी । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । गएराति भएको खेलमा किंग्स इलेभेन पञ्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले रोमाञ्चक जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

आईपीएलको इतिहासमा राजस्थानले बनाएको सर्वाधिक ठूलो योगफल हो ।

सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि ओपनरद्वय लोकेश रावलले ५४ रन र मयंका अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रन जोडे । ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा पञ्जाबले राजस्थानविरुद्ध २२३ रनको विशाल लक्ष्य बनायो ।

राजस्थानका लागि टम कुरन र अंकित राजपुतले एक/एक विकेट लिए ।

जवाफि ब्याटिङमा आएको पञ्जाबले सुरुमा ओपनर जोस बोटलर गुमायो । अर्का ओपनर तथा कप्तान स्टेभ स्मिथले ५० रन बनाए । त्यसपछि आएका सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेर टिमलाई जितको आधार खडा गरेका थिए । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए ।

राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले लिगमा दोस्रो जित निकालेको हो ।

पञ्जाबका लागि महोम्मद सामीले ३ र रवि विस्नोइले २ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *