एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिगमा नेपाली लिग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ ।
गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा १३ संस्करणको आईपीएलको आफ्नो दोस्रो खेलमा दिल्लीले १ सय ७६ रन बनाएको थियो । जवाफि ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै, केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै एन्रीच नोर्ट्जेले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे । शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।
यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ विकेट लिए ।जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।




