खेलकुद

फुुटसल आजदेखि सञ्चालनमा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल संघले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति संघको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा संघ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । संघले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने संघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *