खेलकुद

आइपिएलमा आज दिल्ली र पञ्जाबको भिडन्त, सन्दीपको सम्भावना कति ?

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल र किंग्स इलेभेन पंजावबीच खेल हुदै छ ।

नेपाली समय अनुसार आजको खेल ७:४५ बजेदेखि शुरु हुदै छ ।कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुदै छ ।

आइपिएलमा अहिलेसम्म उपाधि नजितेका दुई टिम मध्ये दिल्ली र पंजावबीच आज भिडन्त हुदै छ ।दिल्लीले यस पटक केहि उत्कृष्ट खेलाडीहरु आजिख्य रहाने आर आश्विन, शिमरन हेटमेयर, मार्कस स्टोइनिसलाई भित्राएको छ ।

भारतीय अनुभवी स्पिनर आर आश्विन आएपछि अर्का भेट्रान अमित मिश्रा, नेपाली युवा बलर सन्दीप लामिछाने तथा अक्सर पटेल रहेका छन् ।

सन्दीपले हालै सम्पन्न सिपिएलमा राम्रो इकोनोमी रेटका साथ लगभग हरेक खेलमा विकेट लिएकाले उनलाई बाहिर राख्न समेत मुश्किल छ भने अनुभवी आश्विन र मिश्रलाई खेलाउदा सन्दीप बाहिर बस्नुपर्ने अवस्था पनि देखिन्छ । सन्दीप खेल्ने नखेल्नेमा विदेशी खेलाडी को-कसले अवसर पाउछन् भन्नेमा पनि भर पर्दछ । आइपिएलमा चार भन्दा विदेशी खेलाडी खेलाउन नपाइने नियम रहेको छ ।

दिल्लीको सम्भावित प्लेइंग ११ : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शा, आजिख्य रहाने, शिमरन हेटमेयर, आर आश्विन, इशान्त शर्मा, अक्सर पटेल, सन्दीप लामिछाने, कागीसो रबाडा, मार्कस स्टोइनिस/कीमो पाउल/एलेक्स केरी ।
पंजावको सम्भावित प्लेइंग ११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, सरफराज खान, मन्दीप सिंह/दीपक हूडा, के गोवथाम, जेम्स नीशाम/क्रिस जोर्डन/शेल्डन कोट्रेल, रवि बिस्नोई/ जे सुचिथ, मोहमद सामी, मुजीब उर रहमान ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *