खेलकुद

आईपीएल: चेन्नईसँग साविक विजेता मुम्बई ५ विकेटले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० को पहिलो खेल चेन्नई सुपर किंग्सले ५ विकेटले जितेको छ ।

मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए । त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन बनाए ।

यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो ।

मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक ४२ रन बनाए । सौरभले ३१ बलमा ४२ रन बनाए । त्यस्तै क्वेंटन डिककले ३३ रन बनाए भने सूर्यकुमार यादवले १७, हार्दिक पाण्डेयले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए ।

त्यस्तै केरन पोलार्डले १८ रन बनाए भने जेम्स पाटिसनके ११ रन बनाए ।

त्यसैगरी चेन्नईका बलर लुंगी इंगिडीले ३ विकेट लिए भने दिपक चहर र रविन्द्र जडेजाले २- २ विकेट लिए । त्यस्तै साम कुरान र पियुस चावलाले एक एक विकेट लिए ।

आइपिएल अन्तर्गत दोस्रो खेल आइतबार दिल्ली क्यापिटल र किंग्स इलेभेन पंजावबीच हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा शुरु हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *