काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजबाट शुरु हुँदैछ । यूएईमा आज बेलुका सात बजेर ४५ मिनेटमा उदघाटन खेल हुने कार्यतालिका छ ।
पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । अबुधाबीको शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने दुबै टोलिको तयारी छ । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रिदैछन् ।
यसअघिका प्रतिस्पर्धालाई हेर्ने हो भने तुलनात्मक रुपमा मुम्बई बलियो टोली देखिन्छ । गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएको थियो । आठ टिम सहभागी हुने प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ ।




