खेलकुद

एथलेटिक्स खेलाडी चन्द्रकला जातीय दुरव्यवहारको शिकार, संघद्वारा भत्सना

काठमाडौं । एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि जातीय दुरव्यवहारसहित कुटपिट भएको छ । उनीमाथि गत सोमबार दुरव्यवहारसहित कुटपिट भएको हो । घटनाको नेपाल एथलेटिक्स संघले दुख व्यक्त गरेको छ ।

संघका अध्यक्ष राजीवविक्रम शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकलामाथि गालीगलौज गर्दै सोमबार राति झापामा निर्घात कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको छ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको यस घटनाको नेपाल एथलेटिक्स संघ घोर भत्सना गर्दछ, संघका अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘

अहिलेको २१औं शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु । कुटपिटबाट घाइते लामगादेसहित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै चन्द्रकला स्वास्थ्यपचारका लागि नेपाल एथलेटिक्स संघको तर्फबाट २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने पनि घोषणा गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *