खेलकुद

रोनाल्ड कोम्यान बार्सिलोनाका नयाँ प्रशिक्षक

म्याड्रिड । च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर म्युनिखसँग अपमानजनक ढंगले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक ल्याएको छ । उसले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने निर्णय गरेको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए ।

यही हप्ता कोम्यानसँग सम्झौता गरेर जिम्मेवारी सुम्पिने क्लबको तयारी छ । ५७ वर्षीय कोम्यान हाल नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छन् । नेदरल्याण्ड्ससँगको सम्झौता तोडेर उनी पुनः व्यावसायीक क्लब प्रशिक्षणमा फर्कन लागेका हुन् । कोम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाटै व्यवसायिक फुटबल खेलेका थिए ।

उनले इंग्लण्डका साउथह्याम्प्टन र एभर्टन, स्पेनको भ्यालेन्सिया, नेदरल्याण्ड्सको आयाक्स र पिएसजी, पोर्चुगलको बेनिफिका लगायतका १० वटा फुटबल क्लबको प्रशिक्षकको भूमिका निभाईसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *