खेलकुद

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनीको आरबी लेप्जिङलाई हराउँदै गर्दै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोर्चुगलको लिस्बनमा गएराति सम्पन्न सेमिफाइनल खेलमा पिएसजी ३–० ले विजयी भयो । लेप्जिङविरुद्धको खेलमा पिएसजीलाई विजयी गराउन मार्किनोज, डि मारिया र हुँवा कबर्नाटले १–१ गोल गरे ।

फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको यो पहिलो अवसर हो ।पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको ओलम्पिक लियोंबिच आज हुने दोस्रो सेमिफाईनल विजेतासँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *