पेरिस । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च १३ औं पटक कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औं मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो । ३१ औं मिनेटमा लोइक पेरिनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भयो ।
यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो । गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।
यो खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए। रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले केही राहत दिएको छ ।




