रोम । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले फेरि नयाँ कीर्तिमान बनाएका छन् । पछिल्लो समयमा उनले चर्चित तीनवटा लिगमा ५० गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
उनले इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा यो किर्तीमान बनाएका हुन् । ‘सिरी ए’ फुटबल अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले लाजिओलाई २–१ ले हराउँदा दुबै गोल रोनाल्डोले गरे ।
यो सँगै रोनाल्डोले जारी सिजनको लिगमा आफ्नो ३० गोल पूरा गरेका छन् । अघिल्लो सिजन २१ गोल गरेका रोनाल्डोले दुई सिजनकै ५१ गोल पूरा गरेका हुन् । गएरातिको जितसँगै युभेन्टस इटालीयन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । उसको ३४ खेलबाट ८० अंक भएको छ ।




