मोरङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व डिफेन्डर मनमाया लिम्बु र अर्की खेलाडी इन्दिरा राईलाई सम्मानित गरिएको छ । उनीहरुलाई लेटाङ नगरपालिकाले सम्मान गरेको हो । लिम्बुले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेकी थिइन् । उक्त प्रतियोगितामा नेपालले महिला फुटबलमा रजत पदक प्राप्त गरेको थियो ।
लिम्बु र राईलाई नगरपालिका नगर प्रमुख शंकर राईले जनही रु ५० र सम्मानपत्रसहित सम्मानित गरेका हुन् । साग लगत्तै मनमायाले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । उनी एपीएफ क्लबबाट खेल्दै आएकी छिन् । यस्तै इन्दिरा घरेलु फुटबलमा आर्मीबाट खेल्ने गर्छिन ।




