खेलकुद

चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता चार महिनापछि आजदेखि सुरु हुँदै छ । महामारीका कारण लामो समय हुन नसकेको अन्तर्राष्ट्रिय प्रतियोगिता इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टसँगै प्रारम्भ हुँदै छ । इंग्ल्यान्डको साउथ ह्याम्पटनमा आयोजक राष्ट्र र वेष्ट इन्डिजबीच पहिलो टेष्ट हुँदै छ । उक्त खेल आज साँझ पौने चार बजेदेखि सुरु हुनेछ । कोरोना भाइरसका कारण उक्त खेल बन्द रंगशालामा हुनेछ । लामो समयपछि हुन लागेका कारण दुवै टोली उत्साहित छन् । सो तीन दिवसीय इंग्ल्यान्डको कप्तानी बेन स्टोक्स तथा वेष्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *