जेन्सी । प्रिमियर लिगमा जेमी भार्डीले खेलको अन्तिम समयमा गोल गरेपछि लेस्टर सिटीले आर्सनलसँगको खेल बराबरी खेलेको छ । मंगलबार राति इमिरेटस रंगशालामा भएको खेलमा लेस्टरका भार्डीले खेल सकिन ६ मिनेट बाँकी छँदा गोल गरेका थिए । अन्तिममा १० खेलाडीको भरमा रहेको लेस्टरले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको थियो । दुवै टोलीले अंक बाँडे । आर्सनलका लागि कप्तान पिएरे इमरि औवामियाङले खेलको २१औँ मिनेटमा गोल गरेका थिए । बराबरी खेलेपछि लेस्टर सिटीले तेस्रो स्थान गुमाएको छ । आर्सनलले पनि छैटौँ स्थानको वल्भ्ससँग अंक बराबरी गर्ने मौका गुमाएको छ । मध्यान्तरपछिको खेलमा लेस्टर आर्सनल विरुद्ध हाबी भयो । खेलको ७५औं मिनेटमा जेम्स जस्टिनलाई फउल गरेपछि लेस्टरका क्रिस काभानागले इडवार्ड एनकेटियले रातो कार्ड पाए । बराबरी खेलेसँगै लेस्टरले ३४ खेलबाट ५९ अंक जोडेको छ । लेस्टर चौथो स्थानमा छ । आर्सनल ५० अंक जोडेर सातौ स्थानमा यथावत छ । अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ गोलले हरायो । खेलको चौथो मिनेटमा नर्विचका लागि इमिलियानोले गोल गरे । खेलको १०औं मिनेटमा क्रेइग डासनले बराबरी गोल फर्काए । खेलको ५५औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै वाट्फोर्डको जित सुनिश्चत गरेका थिए ।




