चैनपुर।संखुवासभाको न्यू हिमचुली युथ क्लव चैनपुर ३ सिद्धकाली द्धारा आयोजित स्वास्थ्यकालागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साआयोजित खुल्ल पुरुष फूटबल प्रतियोगिताको उपाधी चैनपुर नगरपालिका वडा नं. २ को सहनशिल युवा क्लव चप्लेटी २ ले हातपार्न सफल भएको छ ।
फागु पूर्णिमा पर्वको अवसर पारेर आयोजना गरिएको खेल प्रतियोगितामा डि.वाइ.सी.क्ल्व पुरानो चैनपुर, चैनपुर नं. ७ उपविजेता वन्न सफल भएको छ । प्रथम हुने टिमलाई मादी ८ निवासी लक्ष्मण लिंथेपले नगद ३५ हजार सहित मेडल, शिल्ड र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए । यसै गरी उपविजेता बन्न सफल टिमलाई सौजन्यकर्ता चैनपुर ७ निवासी पूर्ण लिम्बूले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएको छ ।
फूटबल प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको खेल आयोजक समितिका अध्यक्ष रेवन्तराज लिम्बूले जानकारी दिए । ३ दिन अघि चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सो प्रतियोगितामा १२ टिम सहभागी भएको आयोजकले जनाएको छ ।




