माघ २५गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा नगर विकास समितिका अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा देखि विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन सम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
नगर विकास समितिका अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीको टीकापुर नगरपालिका– १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको सङ्लग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा सो कार्य गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम प्रतिवादी जोशीलाई बिगो दुई करोड १२ लाख ४० हजार ९४४ रुपियाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ । यस्तै, समितिका तत्कालीन अध्यक्षहरु ललित ताम्राकार, धीजराज रेग्मी, तत्कालीन योजना प्रमुखहरु बलबहादुर कडायत, झप्पर सिंह विश्वकर्मा, तत्कालीन सदस्य सचिव अम्बादत्त जोशी, तत्कालीन नापी अधिकृतहरु मान बहादुर चन्द, गणेश बहादुर बम, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, समितिका खरीदार धनीराम भण्डारी, सब ओभरसियर नेब बहादुर रावल, तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरे लगायत दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भने, “सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।” मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे ।
छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री दहालको अग्रसरतालाई गम्भीररूपमा लिँदै सङ्घीय मन्त्री र सांसद पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । कोरला नाका सञ्चालनमा प्रधानमन्त्री दाहालले लिएको पहलका लागि धन्यवाद दिँदै उनले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक समयमै निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छिमेकी मुलुक भारतसँग जोडिएका छोटी भन्सार कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरे । मधेस प्रदेशमा सिँचाइ र खानेपानीको चर्को समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सङ्घीय सरकारले पहल लिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री यादवले भने, “सङ्घ र प्रदेशको संयुक्त लगानीमा सिँचाइ आयोजना सञ्चालन गरौँ, तराई–मधेसमा उत्पादकत्व बढाऔँ ।”
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयता कार्यान्वयनमा देखिएका ढिलासुस्तीका सम्बन्धमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । कर्णाली प्रदेशमा अझै विद्युतीकरणको समस्या रहेको, सिँचाइको भरपर्दो व्यवस्था हुन नसकेको र दूरसञ्चार सेवा कमजोर रहेको उल्लेख गर्दै उनले यी समस्या समाधानमा सम्बन्धित सङ्घीय मन्त्रालयले ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले लिएको पहलको सरहाना गर्दै सोहीस्तरमा सङ्घीय सरकारका मन्त्रीहरूले पनि अग्रसरता दिनुपर्ने बताए । उनले सङ्घीयता लागू गर्न ढिलो हुनुमा केन्द्रिकृत मानसिकता मूलरूपमा जिम्मेवार रहेके उल्लेख गरे ।
मुख्यमन्त्री शाहले भने, “प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण सम्झौता भएका छन् । यो सरकारको पालामा नै सुदूरपश्चिमको विकास प्राथमिकतामा परेको छ । म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु ।” बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीय मन्त्रालयले अधिकार छिटो हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भने, “कानुन बनाएर दिनुपर्ने अधिकारका लागि समय लाग्ला । तर, निर्णय गरेर दिनुपर्ने अधिकारमा ढिलाइ गर्नुभएन ।” उनले सङ्घीयता कार्यान्वयनमा कर्मचारी प्रशासनले एकात्मक मानसिकता त्याग्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले देखाएको सक्रियतालाई सङ्घीय मन्त्रीहरूले पनि अनुशरण गर्नुपर्ने बताए । उनले भने, “सङ्घीयता हामीले नै ल्याएको हो, कार्यान्वयनमा पनि हामीले नै अपनत्व लिनुपर्छ । संविधान निर्माण गर्ने शक्तिहरू नै सङ्घीयता कार्यान्वयनमा लाग्नुपर्छ ।” कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालको भावना मन्त्रीहरूले पनि बुझ्नुपर्ने बताए । उनले भने, “सङ्घीयता कार्यान्वयनमा सङ्घीय मन्त्रीज्यूहरूको ‘रिपोर्ट कार्ड’ जान्न चाहेका छौँ । सङ्घीय मन्त्रीहरूले तल हस्तान्तरण गर्नुपर्ने अधिकारमा ढिलाइ नगर्नुस् ।”
जसपाद्धारा महाधिवेशनको मिति घोषणा
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जसपाले आगामी २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि मिति घोषणा गरेको हो । महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गते सम्म गरिसक्नु पर्ने जसपाले जनाएको छ । निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने जपाले उल्लेख गरेको हो ।
सार्वजनिक गरेको कार्यक्रमअनुसार फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको हो । २०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आबद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरूलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्ने जसपाले उल्लेख गरेको छ । चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने कार्यक्रममा उल्लेख गरेको छ । चैत १० गतेभित्र संगठित पार्टी सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सकिने कार्यक्रममा उल्लेख छ ।
ओलीलाई रौतहटमा १०१ किलोको माला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।
ओलीलाई रौतहटमा १०१ किलोको माला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे रेशम चौधरी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्तीको कार्यालय सिंहदरबारमा यी दुई नेताबीच भेटवार्ता भएको हो । नाउपाको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक चेटवार्ता भएको हो । भेटका क्रममा अध्यक्ष चौधरीले टीकापुरमा एयरपोर्ट निर्माण गर्न, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न, भुमिहिन सुकुम्बासी तथा काठमाडौंको स्बासीलाई बिशेष कानुन बनाएर जग्गा उपलब्ध गराउनु पर्ने लगायतका बिषयमा गम्भीर हुँदै कार्वान्वयनकाे पाटाेमा लाग्न प्रधानमन्त्री प्रचण्डकाे ध्यानाकर्षण गराएका छन् ।
नाउपा सत्तारुढ दल हो । प्रचण्ड नेतृत्वको सरकारमा रेशम पत्नी तथा नाउपाकी संस्थापन अध्यक्ष एवं वर्तमान सहअध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री रहेकी छन् ।
नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा। सन्दीप भण्डारी संलग्न थिए ।
उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् । डा. तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।
चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ । शल्यक्रियाको नेतृत्व डा। तिमलाले गरेका थिए । उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो ।
सुनिल र विकललाई थप सात दिन थुनामा राख्न अनुमति
नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक सात दिन थुनामा राख्ने अनुमति लिएको छ । एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको सात दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो । त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो । पौडेलद्वयलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ ।
अन्तरिक्षमा ८७८ दिन १२ घण्टा बसेर नयाँ कीर्तिमान
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टि भएको छ ।
रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् र आफ्ना एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेका छन् । जानकारीका अनुसार रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन् । यसअघि ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम गरेका हुन । उनका सहकर्मी गेन्नाडी पडल्काले सन् २०१५ मा ८७८ दिन ११ घण्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए, जुन अहिले तोडिएको छ ।
तर, ओलेग कोनोनेन्कोले यो कीर्तिमान आफ्नो एक अन्तरिक्ष यात्रामा नभई सन् २००८ देखि ५ वटा अन्तरिक्ष यात्रामा बनाएका हुन । यो उल्लेखनीय छ कि रसिया र अमेरिका लगायत अन्य देशका अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०० किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहन जाने गर्छन् र त्यहीँ बसेर अन्तरिक्ष अभियान पूरा गर्छन् । पेशाले इन्जिनियर ओलेगले रुसको सरकारी समाचार एजेन्सी तासलाई भने कि आइएसएसको निरन्तर स्तरोन्नतिको कारणले आईएसएसको प्रत्येक यात्रा सावधानीपूर्वक तयारी आवश्यक छ । उनले आफूलाई अन्तरिक्षमा उड्न मन लागेको बताए । कीर्तिमान बनाउने उद्देश्यले उनी त्यहाँ गएका भने होइनन । ओलेगले भने कि उनी बाल्यकालदेखि नै अन्तरिक्ष यात्री बन्न चाहन्थे ।
ओलेग कोनेनेंको पछिल्लो यात्रा १५ सेप्टेम्बर २०२३ मा उडान भरेका छन । नासाका अन्तरिक्ष यात्री लोरल ओहारा र उनका सहकर्मी निकोलाई चुबसँग उडान भरेका हुन । अब उनी फर्किएपछि अन्तरिक्षमा १ हजार दिन पूरा गर्ने विश्वास गरिएको छ ।
विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन नेपालमा
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्चअन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहसका लागि विश्वका ९१ मुलुकका एक हजार एक सय ६५ संस्था सहभागिताका लागि दर्ता भएका पत्रकार सम्मेलनमा नेपाल आयोजक समितिका सदस्य डा नेत्र तिमिल्सिनाले जानकारी दिए । नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनमा आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने उनले बताए ।
ती विषयमा चार सय कार्यपत्र प्रस्तुतिका लागि दर्ता भएका छन् । उक्त कार्यपत्र प्रस्तुतिमा ४० देखि ५० हजारको सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य ओम थपलियाले बताए । समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउने बताए ।
विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन नेपालमा
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्चअन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहसका लागि विश्वका ९१ मुलुकका एक हजार एक सय ६५ संस्था सहभागिताका लागि दर्ता भएका पत्रकार सम्मेलनमा नेपाल आयोजक समितिका सदस्य डा नेत्र तिमिल्सिनाले जानकारी दिए । नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनमा आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने उनले बताए ।
ती विषयमा चार सय कार्यपत्र प्रस्तुतिका लागि दर्ता भएका छन् । उक्त कार्यपत्र प्रस्तुतिमा ४० देखि ५० हजारको सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य ओम थपलियाले बताए । समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउने बताए ।




