मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष २२ आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा राष्ट्रिय सभा निर्वाचनः अन्तिम मतदाता नामावली सार्वजनिकदेखि सम्मका चार वर्षीय छोरीलाई अध्ययन नगरेको भन्दै मानसिक यातना दिने बुबा पक्राउसमाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

राष्ट्रिय सभा निर्वाचनः अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौँ ।माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन सार्वजनिक गरेको छ । सात वटै प्रदेशको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ । प्रकाशित नामावली अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन्। कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम गरिएको छ ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्। मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम गरिएको छ ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५३८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम भएको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम गरिएको छ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २१८गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्। लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन्। कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम गरिएको छ।

सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। सो अनुसार सुदुरपश्चि प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम गरिएको आयोगको आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

माओवादीले ६ सिटमा टुंग्यायो नाम

सत्तारुढ माओवादीले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो । ६ मध्ये झक्कु सुवेदी संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् ।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। आइतबार बिहान बसेको सत्ता गठबन्धन दलहरूको बैठकले नेपाली कांग्रेसलाई १०, एकीकृत समाजवादीलाई दुई र जसपालाई एक सिटको भागबन्डा गरेको थियो।

राष्ट्रिय सभामा चार सिट नपाए शेखर समूहले उम्मेदवारी नै नदिने

नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय गरेको छ । समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

सम्मानजनक ‘भाग’ नपाए निर्णय प्रक्रियामा सहभागी नहुने संस्थापनइतर समूहको निष्कर्ष छ । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा आफ्नो पक्षलाई चार सिट दिन सभापति नमानेपछि शेखर–गगन समूहको छुट्टै भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय जारी छ । भेलामा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियारलगायत सहभागी छन् ।

एकीकृत समाजवादीले दुई सिट स्वीकार गरेर जाने निर्णय

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि दुई सिटमै चित्त बुझाएको सत्ता गठबन्धनमा आफ्नो भागमा दुई सिट मात्र परेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बसेर दुई सिट स्वीकार गरेर जाने निर्णय गरेको हो । गठबन्धनमा एकीकृत समाजवादीले कम्तिमा तीन सिटको दाबी गरेको थियो । आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीले केवल दुई सिट मात्र पाएपछि एकीकृत समाजवादीका नेताहरु गठबन्धनको बैठक छोडेर पार्टीको बैठकमा लागेका थिए । एकीकृत समाजवादीले दुई उम्मेदवारको टुंगो लगाउने जिम्मा भने अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको छ ।

बालुवाटारमा शेखर–गगन समूहको छुट्टै भेला

राष्ट्रिय सभा सदस्यको भागबन्डामा कुरा नमिलेपछि नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहको छुट्टै भेला बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा आफ्नो पक्षलाई चार सिट दिन सभापति नमानेपछि शेखर–गगन समूहको छुट्टै भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय जारी छ । भेलामा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियारलगायत सहभागी छन् ।

इतर समूहले कांग्रेसले पाएका १० मध्ये चार सिट मागेको छ, तर सभापति देउवा यसका लागि तयार देखिएका छैनन् । देउवाले आफ्नो समूहमा भागबन्डा मिलाउन आठ सिट चाहिने भन्दै शेखर समूहलाई दुई सिट मात्र लिन दबाब दिएका छन् । त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गर्न इतर समूहको भेला बसेको हो ।

न्यायमा सबैको पहुँच पु¥याउन आवश्यक छ ः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पु¥याउन जरुरी भएको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पु–याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताए। उनले श्रमसमबन्धी महत्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्वपूर्ण भएको बताए । प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताए। श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताए ।


टुटलका संस्थापक भट्ट थुनामुक्त

राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् । भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् ।

टुटलको शेयर बिक्री सम्बन्धि विवादमा प्रहरीमा उजुरी परेपछि उनलाई विहिबार राति काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

अबैध रुपमा नेपाल आउने सुन अझै रोकिएन, आज पनि सुन बरामद
सरकाले अवैध सुन नियन्त्रण गर्न खोजेपनि विभिन्न ठाउँबाट अवैद्य सुन नेपाल आउने काम रोकिन सकेको छैन् ।

आज पनि फेरी भित्रुवन विमानस्थलबाट अवैद्य सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए । दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । उनका अनुसार पछिल्लो समय विमानस्थलको चेकजाँजलाई कडाईका साथ हेर्न थालेपछि विमानस्थलमा आउने अवैध सुन नियन्त्रणका लागि अनुसन्धान टोलीलाई सहज भएको हो ।

बरहथवा घटनामा वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशंकर साहको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको उसको भनाइ छ ।

सर्लाही जिल्लाको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको विवाद तथा प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको, केही प्रहरी तथा सर्वसाधारण घाइते भएका, मृतकका परिवार तथा सर्वसाधारणबाट न्यायको माग गर्दै प्रदर्शन गर्ने क्रम जारी रहेको, शान्ति सुरक्षाको स्थितिलाई खलबलिन नदिन भनी स्थानीय प्रशासनले बरहथवा क्षेत्रमा पटकपटक कफ्र्यू आदेश जारी गरेको र मृतकको शव अझै पनि सडकमै रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको आयोगले जनाएको छ । घटनाको अनुगमनका लागि आयोगको टोली घटनास्थलमै रहेको छ ।

उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न, भविष्यमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाई शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ ।साथै, वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आयोग प्रदर्शनरत पक्षलाई समेत आयोगले अनुरोध गरेको छ ।

सोही घटनको बारेमा आइतबार साँझ समहमति
सर्लाहीको बरहथवा घटनामा पिडित पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरउन्नति गर्ने विषयमा भएके विवादपछि आन्दोलनमा उत्रिएका आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको अधिकारी धमलाले जानकारी दिए ।

चार वर्षीय छोरीलाई अध्ययन नगरेको भन्दै मानसिक यातना दिने बुबा पक्राउ

महोत्तरी घर भई हाल मकवानपुरको हेटौँडा–५, सिँचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी आफ्नी छोरीलाई अध्ययन नगरेको भन्दै मानसिक यातना दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

रामजीले आफ्नी ४ वर्षकी छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको, आँखामा खुर्सानीको धुलो हालेको
सुचना प्रहरीसामु पुगेपछि उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले नियन्त्रणमा लिएको जानकारी दिए । बालिकालाई यातना दिइरहेको छिमेकीले प्रहरीलाई बयान दिएपछि सिविन बाल हेल्प लाइनको सहयोगमा बाबु मण्डललाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार ४ वर्षीय छोरी गम्भिर घाइते हो ।

उनले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको खुलेको छ । बाबुको यातनाबाट ४ वर्षीय बालिकालाई गम्भीर घाइते अवस्थामा फेला पारी उद्धार गरिको बाल हेल्प लाइनका प्रबन्धक झवीन्द्र ज्ञवालीले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *